Logo

राष्ट्रिय जनजाति विद्यार्थी सम्मेलन



काठमाडौं १ मंसिर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय जनजाति विद्यार्थी सम्मेलन ललितपुरको डि.ए.भी कलेजमा सञ्चालन भइरहेको छ ।
नेपाल राष्ट्रको पुनःनिर्माणको उदात्त र पवित्र लक्ष्य लिएर देशको मोलिक संस्कृतिक र राष्ट्रियताको संरक्षण र प्रवद्र्धन गर्दै देशको गरिमालाई उच्च स्वाभिमानका साथ विश्वमान चित्रमा एउटा अग्रणी एवं समृद्धशाली राष्ट्रको रूपमा स्थापित गर्न लागि परेको विद्यार्थी परिषद्ले जनाएको छ ।
नैतिक शिक्षाको पठनपाठन, शिक्षा क्षेत्रभित्रको दलीय राजनीति हस्तक्षेप एवं व्यापारिकरण, परीक्षा प्रणाली, पाठ्यक्रम परिमार्जन, नेपाली माटो सुहाउँदो शिक्षा, स्ववियु निर्वाचनको व्यवस्थापन लगायतका आन्दोलनका श्रृंखला खडा गरेको परिषदले जनजाति क्षेत्रका विद्यार्थी एवं शिक्षकवर्गको बौद्धिक विकास सामाजिक नेतृत्व निर्माण, जनजाति क्षेत्रको अवस्था एवं आगामी दिशाको बारेमा चिन्तन सहित जनजाति समूदायको संस्कृति, कला, इतिहास आदि विषयको बारेमा आजको नयाँ पिँढी अर्थात युवालाई जानकारी गराउने उद्धेश्यले जनजाति विद्यार्थी सम्मेलन गरिएको जनजाति कार्य प्रमुख राधेश्याम सेन्चुरीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्