Logo

उपप्रधानमन्त्रीको जिम्मेवारी पाउन मन्त्रीको दौडधुप



काठमाडौं मंसिर १ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि लामो समय देश बाहिर रहने भएपछि बहालवावादेखि सम्भावित मन्त्रीहरुको दौडधुप सुरु भएको छ ।

मिर्गौलाको उपचारका लागि प्रधानमन्त्री ओली अमेरिका वा अन्य देश जाने निश्चित भएपछि भएपछि कार्यबाहक प्रधानमन्त्रीका लागि बाहल मन्त्रीदेखि मन्त्री भन्ने लाइनमा रहेका नेताहरुको दौडधुप भएको बालुवाटार स्रोतले जनाएको छ ।

स्वास्थ्य उपचारका क्रममा एकजना भरपर्दोलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको तयारी भएसँगै उनीहरुको दौडधुप चलेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनमा नेकपाको नेता वामदेव गौतमलाई पनि मन्त्रिपरिषद्को सदस्य बनाउने तयारी भइरहेको छ ।

प्रधानमन्त्री ओलीले गौतमलाई कार्यबाहकको जिम्मेवारी दिन प्रस्ताव गरे पनि बाहलवावा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाउने सम्भावना रहेको स्रोतको भनाइ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्