Logo

अतिक्रमित भूमिमा राष्ट्रिय झन्डा, विद्यार्थी र एसएसबीबीच झडप



इलाम, मंसिर १ । भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेपछि विरोध जनाउँदै आएको अनेरास्ववियु इलामले सन्दकपुरमा प्रदर्शन गरेको छ ।

भारतले दसगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि आन्दोलनरत विद्यार्थी र भारतीय सीमा सुरक्षा बल एसएसबीबीच सन्दकपुरमा शनिबार झडप भएको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको अगुवाइमा भइरहेको जुलुसमा एसएसबीका जवानले नियन्त्रण गर्न खोजेपछि ढुंगा हानाहान भएको थियो ।

अनेरास्ववियु नेता दिनेश ढकालले सन्दकपुरको दसगजामा एसएसबीले प्रवेश गर्न रोक लगाएपछि तनाव सिर्जना भएको बताए । राजधानी दैनिकले समाचार छापेको छ ।



प्रतिक्रिया दिनुहोस्