Logo

सचिन तेन्दुलकरले गरे पशुपतिनाथको दर्शन



काठमाडौं,मंसिर १ । चर्तित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले पशुपतिनाथको दर्शन गरेका छन् । युनिसेफको निमन्त्रणामा नेपाल आएका तेन्दुलकरले आज बिहानै पशुपतिनाथको दर्शन गरेका हुन।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जाशीसहितको टोलीसंगै बिहान साँढे ७ बजे पशुपति पुगेका तेन्दुलकरले करिव आधा घण्टा मन्दीरमा विताएका थिए ।

संयुक्त राष्ट्र संघको बालबालिका सम्बन्धी अभिसन्धि पारित भएको ३० औं वर्षको उपलक्ष्यमा आयोजित कार्यक्रममा भाग लिन युनिसेफ नेपालले सचिनलाई काठमाडौं ल्याएको हो। सचिन युनिसेफको दक्षिण एसियाका सद्भावना राजदूत हुन्।

उनले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मैत्रीपूर्ण क्रिकेटसमेत खेलेका थिए । नेपालका पूर्व कप्तान विनोद दास र सचिनसतिबालबालिकाहरुले क्रिकेट खेलेका थिए।



प्रतिक्रिया दिनुहोस्