Logo

महिषासुरको पूजा किन गरिन्छ



झारखण्ड,पश्चिम बंगाल, मध्ये प्रदेश र छत्तीसगण्ढका आदिवासीहरुको इलाकामा महिषासुरको पूजा गर्ने गरिन्छ । भनिन्छ,माता दुर्गाले छल गरेर महिषासुरको बध गरेकी थिइन् । महिषासुर आदिवासीहरुका पूर्वज थिए भन्ने मान्यता उनीहरुमा रहेको छ । देवताहरुले उनीहरुको पूर्वजको संहार गरेका थिए ।
झारखण्डको गुल्म राज्यमा अशोर नामका जनजातीको बसोबास रहेको छ । तिनै जातीले महिषासुरको पूजा गर्दछन् । त्यसैगरी सिहंभुङ इलाकामा पनि जनजातीको बसोवास छ । उक्त इलाकामा नवरात्रको समयमा महिषासुरको मृत्यु दिवस धुमधामका साथ मनाउने गरिन्छ ।

लडाइ देवी दुर्गा र महिषासुरवीच तथा आर्यो र अनार्योकी वीचमा थियो । आर्योले लडाइमा अनार्योलाई मारिदिएको जनजातीको मान्यता छ । कतिपय मानिसहरु महिषासुरलाई राजा मान्ने गर्दछन् । नवरात्रको समयमा मानिसहरु १० दिनसम्म शोक मनाउने गर्दछन् ।
महिषासुरको नाम हुर्गु दुर्गा थियो । उनी एक वीर योद्धा थिए । उनी महिलामाथि हतियार उठाउदैनथे । त्यसकारण दुर्गा माताले महिषासुरलाई छल गरी बध गरेकी थिइन् ।

किंवदन्तीका अनुसार कर्णटक महिषासुर शहरको नाम महिषासुरको नामबाट राखिएको हो । स्थानीयको भनाइ अनुसार असुर महिषासुरको नामबाट त्यस जमिनको नाम महिसुर हुन पुग्यो । महिसुरका अर्थ महिषासुरको धर्ती हुन्छ ।

भनिन्छ, महिषासुरलाई चामुण्डेश्वरीले मारेकी थिइन् । महिसुरमा रहेको पहाडको नाम पनि चामुण्डेश्वरी देवीको नामबाट राखिएको छ । त्यस पहाडमा महिषासुरको मूर्ती राखिएको छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्