Logo

भगवान शिवको घाँटीमा रहेको मुण्डमालाको रहस्य



भगवान शिव र सतीको अदभुत प्रेम शास्त्रमा उल्लेख गरिएको छ । यसको प्रमाण सती यज्ञ कुण्डमा आत्म दाह गर्नु । सतीको शवलाई उठाएर ताण्डव सुरु गर्नु शिवको लीला थियो । किनकि शिव सतीको शरीरबाट ५१ शक्तिपीठ उत्पन्न गर्न चाहन्थे । उनले सतीलाई पहिले नै बताएका थिए कि तिमीले शरीर त्याग गर्नुपर्छ । त्यस समय उनले आफ्नो गलामा लगाएको टाउकोको मालाको रहस्य पनि बताएका थिए ।

नारद ऋषिको कुरामा लागेर सती शिवसँग जिद्दि गर्न थाल्छिन् । तपाईको गलामा जुन टाउकोको मालाको रहस्य के हो उनले सोधिन् । शिवले धेरै सम्झाउँदा पनि सती नमानेपछि उनले मालाको राज खोलिदिए ।

उनले भने यो मालामा भएको सम्पूर्ण टाउको तिम्रो हो । सती त्यो कुरा सुनेर हैरान भइन् र भन्न लागिन् । हे भोला यो कसरी सम्भव हुन्छ । शिवले सतीलाई १ सय सात पटक जन्म लिएर शरीर त्याग गरेको र यो सबै टाउकोको माला पूर्व जन्मको निशानी हो । अब यस मालामा एउटा टाउकोको कमी छ त्यसपछि यो माला पूर्ण हुनेछ भन्ने कुरा बताउँछन् ।

त्यसपछि म बारम्बार जन्म लिएर शरीर त्याग गर्छु तर हजुर किन शरीर त्याग गर्नु हुन्न सतीले शिवलाई सोध्छिन् । शिवले हास्दै भने म अमर कथा जान्दछु त्यसकारण मैले शरीरको त्याग गर्नु पर्दैन । त्यसपछि सतीले अमर कथा जान्ने इच्छा गरिन् । शिवले उनलाई कथा सुनाउँदै जाने क्रममा उनी निदाउँछिन् । कथा पूरा सुन्न नपाएपछि उनले दक्षको यज्ञमा आफ्नो शरीर त्याग गर्न पुग्छिन् । त्यसपछि शिवले सतीको टाउको उक्त मालामा गाँसेर १ सय आठ टाउकोको माला तयार गरे । सतीले पछिल्लो जन्म पार्वतीको रुपमा जन्म लिइन् भन्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्