Logo

नेकपा सचिवालय बैठक किन यति धेरै



काठमाडौं, १ मंसिर । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक निरन्तर बस्दै आएको छ । शुक्रबार सचिवालय बैठक बसेपछि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको डायलसिसका कारण नबसेको बैठक आइतबार पनि बस्दैछ ।

अपरान्ह बस्ने बैठकमा प्रधानमन्त्री ओलीले महत्वपूर्ण प्रस्ताव ल्याएर छलफल गराउँदैछन् । ओलीले मन्त्रिमण्डल पुर्नगठनको तयारी गरिरहेका छन् । उनी मृगौला प्रत्यारोपणका लागि विदेश जाने चर्चा पनि छ । यसैलाई दृष्टिगत गरी उनले पार्टीमा जिम्मेवारी बाँडफाँड देखि सरकार संचालनका बारेमा पनि छलफल गर्न सचिवालय बैठक डाकेको बुझिएको छ ।

नेकपा अध्यक्ष समेत रहेका ओलीले केही नेताहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी समेत गरिरहेका छन् । यसका लागि पनि सहमति जुटाउन खोजेका छन् ।

संवैधानिक निकायमा रिक्त पदमा नियुक्तीमा पनि ओलीको चासो छ । यसबारे पनि उनले पार्टीमा छलफल बढाएका हुन् । File Photo



प्रतिक्रिया दिनुहोस्