Logo

श्रीलंकामा राष्ट्रपति निर्वाचनमा सेनाका पूर्व जर्नेलको जीत



श्रीलंकाको आगामी राष्ट्रपतिमा पूर्व जर्नेल गोटाबाया राजापाक्षे निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनी निर्वाचित भएका हुन् ।

श्रीलंका गृहयुद्धमा हुँदा राजापाक्षे तीन तारे जर्नेल थिए । उनी आफ्ना दाजु महीन्द्रा राजापाक्षे राष्ट्रपति हुँदा रक्षामन्त्री बने । त्यतिबेला विद्रोही तामिल टाइगरलाई बल प्रयोग गरेर दबाउने रणनीतिकार थिए उनी ।

श्रीलंकामा सात महिना अघि २५० को ज्यान जाने गरी बम बिष्फोट हुँदा सरकार आलोचित बनेको थियो । बिष्फोटपछि श्रीलंकाको पर्यटन क्षेत्रमा नकारात्मक असर परेको थियो ।

भारतीय गुप्तचरले अग्रिम जानकारी गराउँदा पनि सुरक्षा ल्याप्सका कारण घटना भएको खुलेपछि सरकारमाथि जनविश्वास घटेको थियो । जसका कारण वर्तमान राष्ट्रपति मैत्रीपाला सिरसेना चुनावमा भाग लिएनन् । सत्तापक्षबाट वर्तमान मन्त्री सजिथ प्रेमदासा उम्मेदवार बने । प्रेमदासाले हार स्वीकार्दै राजापाक्षेलाई बधाई दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्