Logo

कालापानीबाट भारतीय सेना हटाउँछु : प्रधानमन्त्री ओली



काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना हटाउने उद्धघोष गरेका छन् । उनले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अ‍ोलीले यो सरकारले विदेशी फौज फिर्ता गराउने समेत दावी गरे ।

नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए । उनले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्