Logo

कालापानीबाट भारतीय सेना फिर्ता लैजान प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारलाई देशभक्त भन्दै भूमि मिचिन नदिने बताएका हुन् ।

‘देशमा देशभक्त सरकार छ’ ओलीले आइतबार राजधानीमानेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भने, ‘यो सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैन र अरुको भूमि पनि लिदैन ।’

ओलीले नेपाली भूमिबाट विदेशी सेना फिर्ता हुनुपर्ने बताए । उनको संकेत भारतीय सेनातर्फ थियो जो कालापानी क्षेत्रमा बसेको छ । निकै जोसका साथबोलेका ओलीले भाषणका क्रममा संवादबाट कालापानीको समस्या समाधान गर्ने बताए । उनले कुटनीतिक पहल शुरु गरिएको समेत बताए ।

कालापानीलाई समावेश गरी भारतले नयाँ नक्शा जारी गरेको बारे देशभर विरोध प्रदर्शन भइरहँदा ओलीको भनाई पहिलोपटक आएको हो । उनले नेपालले छिमेकसँग तनाव नचाहेको समेत बताए । File Photo



प्रतिक्रिया दिनुहोस्