Logo

जंगली सुँगुरको समूहले सत्र हजार डलरको कोकेन खनेर निकालेपछि…



टस्कनी वनमा ड्रग माफियाले लुकाएर राखेको कोकेन जंगली सुँगुरको समूहले खनेर निकालेको छ । उक्त कोकेन करिब सत्र हजार डलरको रहेको प्रहरीले जनाएको छ । प्रहरी सित लुकाएर ड्रग माफियाले कोकेन राखेको थियो ।

प्रहरीका अनुसार उक्त माफियाकहरुको फोन वार्ता ट्याप गरेको बेला घटना पत्ता लागेको जनाइएको छ । यसै क्रममा प्रहरीले तीन जना अल्बानियन र एक जना इलालियन व्यक्तिलाई अरेजोको रात्री क्लबमा कोकेन बेच्ने आरोपमा हिरासतमा लिएको छ ।

जंगली सुँगुरको समूहले प्रहरीको मद्दत गरेर मिशाल कायम गरेको छ । यी जंगली सुँगुरको समूहले किसानका बाली नष्ट गर्न र प्रत्येक वर्ष दूर्घटनाको जिम्मेवार समेत रहेका छन् । Photo Source : The Indian Express

 

 



प्रतिक्रिया दिनुहोस्