Logo

रुसले टर्की, इजिप्शियन र साउदी अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउने



रुसको अन्तरिक्ष एजेन्सीले टर्की, इजिप्शियन र साउदी अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाउने भएको छ  । यसअघि अमेरिका संगको साझेदारीमा पठाउने निर्णय भएको थियो । तर एनर्जिया निगम, रोजकोसमस र काजाक अन्तरिक्ष एजेन्सीले पहिलो पटक अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष लैजान इच्छुक रहेको हुँदा यस विषयमा छलफल भइरहेको छ ।

यसअघि सोयूज एमएस १५ अन्तरिक्ष यानमा साउदीका अन्तरिक्ष यात्री हज्जा अल मानसौरी सहभागी भइसकेका थिए । टर्की, इजिप्शियन र साउदी बाहेक अरु देशहरुलाई पनि सहभागी गराउने योजना रुसको अन्तरिक्ष एजेन्सीको रेहेको छ । यस बारेमा छलफल भइरहेको समेत जनाइएको छ । Photo Source : TASS



प्रतिक्रिया दिनुहोस्