Logo

चीनले समुद्रि अनुसन्धान प्रयोगशाला निर्माण गर्ने



चीनको हेनान प्रान्तमा गहिरो समुद्रि अन्वेषणको लागि ठूलो अनुसन्धान प्रयोगशाला स्थापना गर्ने  भएको छ  । प्रयोगशाला दक्षीणी हेनान टापूमा स्थापना गर्ने स्थानिय अधिकारीले जनाएका छन् । स्थापनामा कुल खर्च करिब २ अर्ब हुन सक्ने अनुमान गरिएको छ ।

प्रयोगशालाको स्थापनाको अवसरमा हेनान डेपुटि गर्वनर वाङ लु र चिनियाँ एकेडेमी अफ साइन्सका उपाध्यक्ष जियांग लिबिन उपस्थित भएका थिए । समुद्रि स्रोतहरुको प्रभावकारी विकास गर्नका लागि प्रयोगशालाले मूख्य भूमिका खेल्ने कुरा अधिकारले जनाएका छन् ।

रुसले लगातार प्रयोगशाला निर्माणमा सहयोग गरिरहेको छ । चीन र रुस दूबै देशको संयूक्त साझेदारीमा सम्रद्रि अन्वेषणको अनुसन्धान गर्ने भएको छ ।  प्रयोगशालामा वैज्ञानिकहरुलाई धेरै मद्दत पुर्याउने र समुद्रि स्रोतहरु पत्ता लाग्न सक्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्