Logo

मुम्बईमा पहिलो पटक क्याटीको धमाका



अमेरिकन पपस्टार क्याटी पेरीले पहिलो पटक मुम्बईमा कन्सर्ट सम्पन्न गरेकी छिन् । शनिवार नवी मुम्बईको डि व्याइ पाटिल स्टेडियममा वनप्लस म्यूजिक फेस्टिवलमा क्याटी पेरीले पर्दशन गरेकी छिन् । उनले आफ्नो चर्चित गीत डार्क हर्स, आइ किस्ड् अ गर्ल, बोन एपेटाइट र रोरमा महौल बनाएकी थिइन् ।

उनले यसअघि २०१२ मा आइ पी एलको उद्घाटन समारोहमा पर्दशन गरेकी थिइन् । उनले मुम्बईमा प्रदर्शन गर्दा निकै खुशी भएको व्यक्त गरिन् । त्यसैगरी, अघिल्लो महिनामा हुने यू २ कन्सर्टमा विभिन्न अन्तराष्ट्रिय कलाकारहरु सहभागी हुने कुरा जनाइएको छ । क्याटी पेरीले आफ्नो धमाका देखाउनु भन्दा अगाडि ब्रितिस पप स्टार दूवा लिपा, अमित त्रिवेदि, रिटभिजले माहोल बनाएका थिए । Photo Source : The Indian Express



प्रतिक्रिया दिनुहोस्

Screenshot