Logo

हिमानीसँग नायिका पूजाको सेल्फी



काठमाडौं, १ मंसिर । नायिका पूजा शर्माले पूर्व युवराज्ञी हिमानी शाहलाई भेटेर खुशी व्यक्त गरेकी छिन् । उनले भेटको समय गर्व गर्न लायकको भएको समेत लेखेकी छिन् ।

पूजाले हिमानीसँग बसेर आफै सेल्फी खिचिन् । सेल्फी खिच्दा पूजा मुस्कुराइरहिन् भने हिमानी दाँत देखाएरै हाँसिन् । पछिल्लो समय चलचित्र जगतमा उदाइरहेकी पूजा शर्मा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनले महत्वपूर्ण भेट र कामको तस्बिर पोष्ट गरिरहन्छिन् ।

Photo Source: FB



प्रतिक्रिया दिनुहोस्