Logo

वर्षाले भनिन्- मायाको डोरीले बाधन



काठमाडौं, १ मंसिर । नायिका वर्षा शिवाकोटीको प्रेम र रोमान्सको हल्ला चलिरहन्छ । उनको यसपटककको अमेरिका यात्राबारे धेरैको चासो भयो ।

अमेरिकामा बस्ने केटासाथीबारे हल्ला चल्यो । ती केटासँगको तस्बिर समेत सार्वजनिक भयो । उनको मिलन चामसँगको सम्बन्धबारे धेरैको चासो भयो । वर्षाले मिलनसँग पशुपतिनाथको दर्शन गरेर साथ तस्बिर पनि राखिन् ।

चर्चामा आइरहने वर्षाले यसपटक फेसबुकमा मुस्कानले भरिएको तस्बिर राख्दै लेखेकी छिन्- मायाको डोरीले बाधन । उनले कस्लाई भनेकी हुन् चासो बनेको छ । उनी कसै न कसैको मायाको डोरीमा परिसकेकी छिन् । त्यसैले यस्तो लेखिन् ।

Photo: FB



प्रतिक्रिया दिनुहोस्