Logo

चीनले नेपालको भूमी मिचेको छ, हतारमा विज्ञप्ती निकालेर गलत गर्यो : झा



काठमाडौं, १ मंसिर । राजपा नेपालका महामन्त्री केशब झाले चीनले नेपालको ११ ठाउँमा जमिन मिचेको आरोप लगाएका छन् । तर, चीनले यसबारेमा हतार गरेर आफ्नो विज्ञप्ती निकालेको भन्दै उनले आपत्ति जनाए । उनले भने,‘चीनले हतारमा विज्ञप्ती निकाल्नु ठीक होईन् । चीनले कुटनीतिक मर्यादा देखाएन् ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भारत र चीन दुवै देशसँग कुटनीतिक रुपमा सीमा विवाद हल गरिनुपर्नेमा जोड दिए । झाले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सीमा विवादबारे सबैको एक स्वर रहेको सुनाउँदै कुटनीतिक रुपमा आफ्नो पहलकदमी चाल्नुपर्ने बताए । उनले भने,‘बालुवाटार बैठकमा हामीले पनि यो विषयमा सहमति जनाएका छौं । कसैको पनि फरक मत छैन् । हामी सबैको राष्ट्रिय एकता बनेको छ ।’

उनले सीमा विवादको बारेमा काठमाडौंमा भएका दैनिक प्रदर्शनप्रति पनि आफ्नो आपत्ति जनाए । उनले भने,‘राष्ट्रवादी बन्नलाई काठमाडौंमा प्रदर्शन गर्नुको कुनै अर्थ छैन् । यसले समस्याको समाधान हुँदैन् । यसको लागि त कुटनीतिक पहल गरिनुपर्छ । जुन सरकारले गर्छु भनेर बोलिसकेको छ ।’ कालापानी र लिपुलेकको विवादबारे सरकारले निकालेको विज्ञप्तीमा आफूहरुको पनि समर्थन रहेको उनले सुनाए ।

झाले राजा महेन्द्रले पञ्चायत जोगाउनको लागि भारतसँग लिपुलेकबारे सम्झौता गरेको भन्ने कुरापनि आईरहेको सुनाए । उनले भने,‘राजा महेन्द्रले भारतसँग सम्झौता गरेको हो त ? के हो बास्तविकता ? सरकारले यसको तथ्य र प्रमाण बाहिर ल्याउनुपर्छ ।’ भारतीय पक्षले १९६२ देखि नै आफ्नो राजनीतिक नक्शामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो पक्षमा राख्दै आएको पनि सुनाए । नेपालको संविधान २०७२ मा पनि ती भूभाग नेपालले छोडेको सुनाउँदै त्यसको जवाफ सरकारले दिनुपर्ने उनको माग छ ।

झाले सीमा विवादको समस्या समाधानको लागि वार्ता तथा सम्वादलाई नै बढावा दिनुपर्नेमा जोड दिए । उनले भने,‘हाम्रो त प्रष्ट धारणा छ, सरकराले अब आफ्नो प्रतिनिधि पठाउनुपर्छ । भारतसँग कुरा गर्नुपर्छ । कर्मचारीको लेभलमा, राजनीतिक लेभलमा र सरकारको तर्फबाट पनि डेलिगेट्स पठाईएको छ । बाहिर होहल्ला गरेर केहीपनि हुँदैन् ।’

भारत सरकारले पनि यो विषयालाई ठूलो ईस्यु बनाउन नहुने भन्दै वार्ता तथा सम्वादमार्फत समस्याको हल खोजिनुपर्ने कुरा उठाएको सुनाउँदै सरकारले सोहीअनुसार आफ्नो कदम चाल्नुपर्ने उनको सुझाव छ । उनले भने,‘यस्तो होहल्ला हामीले विगत लामो समयदेखि सुन्दै आएका छौं । तर, यो त राजनीतिक हत्कण्डामात्रै हो । समस्या अहिलेपनि ज्यूँको त्युँ छ ।’ उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध कसैले चाहेरपनि बिर्गान नसक्ने ठोकुवा गरे । उनले भने,‘हामीबीच जनस्तरमा बलियो सम्बन्ध छ । हामी त बोर्डरको मान्छे हो । भुक्ने कुकुरले टोक्दैन भन्छन् नि, सीमामा हामीले भोगेका छौं समस्या । हामीले हाम्रो भूमीको रक्षा गरिरहेका छौं । काठमाडौंमा होहल्ला गरेर केही हुँदैन् ।’

उनले वर्तमान सरकारलाई असफलको संज्ञा दिए । उनले भने,‘यो सरकार पूरै असफल भैसकेको छ । आज सुनकाण्ड भएको यतिका दिन भयो, खोई सुन कहाँ छ ? बालुवाटारको जग्गा फिर्ता ल्याउन सकेको छैन् । आफ्नो पार्टीको शीर्ष नेता मुछिएकोले हो कि किन हो ? यसबारेमा कुनै कदम चालेको छैन् ।’ वाईडबडीमा पनि भ्रष्टाचार भएको भनेर संसदीय समितिले भनेकोमा अहिलेसम्म दोषीलाई कारबाही नहुनु भ्रष्टाचार कति भएको छ ? भन्ने कुराको ज्वलन्त उदाहरण भएको उनको भनाई छ ।

झाले वर्तमान सरकारलाई पुरै फेल भएको संज्ञा दिँदै अंक दिँदा आफूहरुले शून्य अंक दिने बताए । उनले भने,‘अहिले देशमा आर्थिक गतिबिधि जिरो छ । शेयर बजारमा उथलपुथल छ । भ्रष्टाचारलाई सरकारले आफैंले पक्षपोषण गरेको छ । कालोबजारी बढेको छ । अहिले हरियो सागसब्जी किनेर खानसक्ने अवस्था छैन् । तर, सरकार ढोंगमा विश्वास गर्छ ।’ उनले मन्त्रीहरु परिवर्तन गर्दा केही राम्रो काम हुन्थ्यो कि भन्ने आशा आफूहरुमा पनि रहेको सुनाए ।

फरक प्रसँगमा उनले समाजवादी पार्टीसँग आफ्नो पार्टीको एकताको लागि छलफल चलिरहेको सुनाउँदै एकता हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने,‘हामी दुई पार्टीबीच अहिले नेक–टु–नेकको अवस्था छ, हामी एकताको नजिक छौं ।’



प्रतिक्रिया दिनुहोस्