Logo

१२ वर्षको उमेरमा यौनदुर्व्यवहार



फ्रान्सेली अभिनेत्री आफ्नो पहिलो फिल्मका निर्देशकले आफूलाई किशोरी अवस्थामा यौनदुर्व्यवहार गरेको खुलासा गरेकी छिन् । अभिनेत्री एडले हेनेलले डकुमेन्ट्री लिभिङ्ग नेभरल्यान्ड हेरेपछि उनीमाथि भएको दुव्र्यवहारको बारेमा बोल्ने निर्णय गरेकी हुन् । उनको यो खुलासाले फ्रान्सेली फिल्म क्षेत्रलाई हल्लाएको छ ।

यो फिल्ममा अमेरिकन पप गायक तथा डान्सर माइक ज्याकसनले दुई बच्चासँग राखेको सम्बन्धको उल्लेख गरेको छ । अभिनेत्री एडलेले १२ वर्षको उमेरमा फिल्म “द डेभिल्स्” बाट अभिनयमा डेब्यू गरेकी थिइन् । पहिलो फिल्मको क्रममा निर्देशक क्रिस्टोफ रुग्गियाले आफूलाई यौनदुर्व्यवहार गरेको जनाइएकी छिन् ।

अहिले निर्देशक क्रिस्टोफ ५४ वर्षका भएका छन् भने एडले ३० वर्ष भइसकेकी छिन् । २५ भन्दा बढी फिल्महरु खेलेकी एडलेले दुई पटक सिजर अवार्ड पनि जितेकी छिन् । निर्देशक क्रिस्टोफले मुठीभर फिल्महरु बनाए तर कुनै पनि त्यति सफल हुन सकेका छैनन् । हालका वर्षहरुमा उनी आप्रवासीहरुको अधिकारको प्रस्ट चैम्पियन थिए ।Photo Source: Deadline



प्रतिक्रिया दिनुहोस्