Logo

यो ग्रहमा जीव हुनसक्ने



पृथ्वीबाट ३१ प्रकाश वर्ष टाढा एउटा ग्रह छ जसमा जीवको अस्तित्व हुनसक्ने अनुसन्धानले देखाएको छ । उक्त ग्रहको तापक्रम र अवस्थाको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो ।

एस्ट्रोनोमी एण्ड एष्ट्रोफिजिक्स जर्नलमा प्रकाशित अध्ययनपत्र अनुसार जी जे ३५७ नाम दिइएको ग्रहले एम ड्वार्फ तारालाई घुमिरहेको छ । उक्त तारा पृथ्वीभन्दा ४० प्रतिशत कम तातो र चार भागको तीन भाग कम पिण्ड र आकारको रहेको छ ।

जी जे ३५७ बी ग्रह पृथ्वीभन्दा २२ प्रतिशत ठूलो र ८० प्रतिशत बढी पिण्डको छ । यसले घुमिरहेको तारालाई ३.९ दिनमा एकपल्ट घुम्छ । यसमा जीवको अस्तित्वको सम्भावना कम छ ।

जी जे ३५७ डि पृथ्वीभन्दा ६.१ गुणा बढी पिण्डको छ । यसको घनत्व पृथ्वीसँग मिल्छ । वातावरण तापक्रम पानीको सम्भावना हुनेखालको छ । सतहमा पानी रहने तापक्रम भएकाले जीवको सम्भावना देखिएको हो । यसले मङ्गल ग्रहले जतिकै आफ्नो ताराबाट ऊर्जा प्राप्त गर्छ । प्रत्येक ५५.७ दिनमा तारालाई फन्को मार्छ ।

अर्को ग्रह जी जे ३५७ सी पृथ्वीभन्दा ३.४ गुणा बढी पिण्डको छ । यसले ९.१ दिनमा तारालाई फन्को मार्छ ।
तीनवटा ग्रहमध्ये जी जे ३५७ डीमा जीवको सम्भावनाबारे खोजी भइरहेको छ । यसमा जीव रहनसक्ने तापक्रम रहेको वैज्ञानिकहरुको तर्क छ । Photo: NASA



प्रतिक्रिया दिनुहोस्