Logo

शनिग्रहको चन्द्रमामा भेटियो ताल



टाइटन शनि ग्रहको सबैभन्दा ठूलो चन्द्रमा हो । टाइटनमा ताल भेटिएको छ। यसमा नाइट्रोजनको विस्फोटको कारणले गर्दा ताल उत्पन्न भएको पत्ता लागेको छ । नासाको क्यासिनी अन्तरिक्ष यानको रडार डाटा प्रयोग गरेर वैज्ञानिकहरूले सो कुरा पत्ता लगाएका हुन् ।

ताल तरल मीथेनले भरिएको छ । पृथ्वीबाहेक टायटन हाम्रो सौर्यमण्डलमा एक मात्र ग्रह हो जसलाई यसको सतहमा तरल पदार्थ भेटिएको छ । यसमा मिथेन र इथेन जस्ता हाइड्रोकार्बनहरू रहेका छन् जुन ग्यासको रूपमा चिनिन्छ । टाइटनको अत्यधिक चिसो मौसममा ग्याँसहरु तरल अवस्थामा पाइन्छ । टाइटनको सतहमा तालहरूको उत्पत्ति हुनुमा ह्य्द्रोकार्बन को मुख्यकारण हो । तरल मीथेनले बरफ र ठोस जैविक यौगिकहरूको बेड्रक भंग गर्ने र यसले गलाउने काम गर्छ । हाम्रो ग्रहमा वरपरका चुनढुंगालाई भंग गरेर उस्तै प्रकारले बनेका जल निकायलाई कार्टिक तालहरू भनिन्छ ।

तालहरू दशौं माइलमा फैलिएको छ । विस्फोटक ग्यासमा परिणत हुन्छ जसले क्रेटरहरूलाई बाहिर उदाउन मद्यत गर्दछ । टाइटनको वातावरणमा मिथेनले हरितगृह ग्यासको रूपमा काम गरेको छ,। विशाल चाँदलाई तुलनात्मक रूपमा तातो राख्न मद्यत पुर्याउँछ । जब सतहमा र क्रस्टमा तरल नाइट्रोजन रहन्छ यी तालहरू टाइटनको इतिहासमा समयावधिको संकेत गर्ने छ । Photo Source: NASA



प्रतिक्रिया दिनुहोस्