Logo

मन्त्रिमण्डल पुर्नगठनको अन्तिम तयारी: वामदेव उपप्रधानमन्त्री, विष्णु पौडेल अर्थमन्त्री !



काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गर्ने अन्तिम तयारी गरेका छन् । उनले यसबारे आइतबार बसेको सचिवालय बैठकमा समेत जानकारी गराएका छन् ।

बैठकबारे जानकारी दिदै सचिवालयका एक सदस्यले मन्त्रिमण्डल पुर्नगठन एक-दुई दिनभित्र टुंगो लगाउने गरी छलफल भएको बताए । प्रधानमन्त्रीले मुख्य नेताहरुसँग छलफल गरी पुर्नगठनको तयारी गरिसकेका छन् ।

ओलीले वामदेव गौतमलाई उपप्रधानमन्त्रीको प्रस्ताव गरिसकेका छन् । गौतमलाई गृह या अर्को कुनै शक्तिशाली मन्त्रालय दिएर उपप्रधानमन्त्री बनाउने तयारी भएको छ । गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने ओलीको चाहना छ ।

यसैगरी, ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयमा लाने तयारी गरेका छन् । पौडेललाई उक्त मन्त्रालयमा लगेर आफ्नो प्रमुख सहयोगीका रुपमा अगाडि बढाउने ओलीको तयारी रहेको बुझिएको छ ।

मन्त्रिमण्डलमा केही मन्त्रीहरुले भने निरन्तरता पाउने बुझिएको छ । तर, प्रधानमन्त्रीबाहेक पूरै सेट परिवर्तन गर्नुपर्नेमा केही सचिवालय सदस्यहरुको जोड रहेको बुझिएको छ ।

ओली पुनः मृगौला प्रत्यारोपणका लागि विदेश जाने सम्भावना रहेकाले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारीमा जुटेका हुन् । उनले यसअघि सल्लाकारमध्ये केहीलाई राजीनामा दिन लगाइसकेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्