Logo

नेपालमा धर्म परिवर्तनका कारण चीनले अरनिको राजमार्ग बन्द गर्‍यो : राणा



काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शम्शेर राणाले नेपालमा अत्याधिक रुपमा धर्म परिवर्तन भएका कारण चीनले अरनिको राजमार्ग बन्द गराएको दाबी गरेका छन् । लुम्बिनी बुद्ध रथ यात्राको क्रममा आज भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले हिन्दु राज्य हुँदा नै सबैको हित हुने बताए । नेपालमा तीब्र रुपमा भएको धर्म परिवर्तनको प्रभाव पर्छ भनेर चीनले नाका नखुलाएको उनको जिकिर छ ।

अध्यक्ष राणाले भने,‘हिन्दु राष्ट्र हुनु भनेको हिन्दुको मात्र हिोइन,अन्यको पनि हित हुन्छ, यसको विकल्प छैन् ।’ उनले नेपाल हिन्दु राष्ट्र बाहेक अन्य हुनै नसक्ने दावी गरे । देश हिन्दु राष्ट्र नभए चुप लागेर नबस्ने उनको चेतावनी छ । संविधान संसोधन गरेर हिन्दु राष्ट्र नलेखाउन्जेल आन्दोलन जारी रहने नेता राणाको उद्घोष छ ।



प्रतिक्रिया दिनुहोस्