Logo

सचिन र ओलीबीच भेटवार्ता : यस्तो भयो भलाकुसारी



काठमाण्डौ । युनिसेफद्वारा आयोजना गरेको एक कार्यक्रमका लागि नेपाल आएका सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । भारतको मात्र नभै विश्व क्रिकेटका हस्ती मानिने सचिनले आज दिउँसो प्रधानमन्त्री ओलीलाई वालुवाटार पुगेर भेटेका हुन् ।

नेपाल आएका सचिनले शनिवार त्रिभुवन विश्वविद्यालय कीर्तिपुर मैदानमा बालबालिकाहरुसँग क्रिकेट खेलेका थिए । आइतवार बिहान साढे सात बजे पशुपतिनाथको दर्शन गरेर उनी दिउँसो बालुवाटार पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल आएर नेपाली क्रिकेटलाई हौसला प्रदान गरिदिएको भन्दै सचिनको प्रशंसा गर्दै धन्यवाद दिएका थिए । सचिनले पनि बालबालिकाको अधिकार संरक्षण र उनीहरुको हितका लागि नेपाल सरकारले गरेको प्रयासको ओलीसमक्ष प्रशंसा गरेका थिए ।

साथै सचिनले ओलीको स्वास्थ्यअवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका थिए । ओलीले भने सचिनलाई फेरी पनि नेपाल आउन आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य थापाले जानकारी दिए ।

सचिनले नेपाल आउँन पाउँदा खुशी लागेको र आफूलाई उच्च सम्मान दिइएकोमा आभार प्रकट गरेको थापाले बताए ।

ओलीले टेलिभिजनमा आफूले तेन्दुलकरको खेल हेरेको समेत सुनाएका थिए । भेटका क्रममा ओलीले तेन्दुलकरलाई धातुको मूर्ति उपहार दिएका छन् । नेपाली कलाको मूर्ति पाउँदा तेन्दुलकर निकै खुशी भएका थिए ।

Photo Source: Twitter Page of KP Sharma Oli



प्रतिक्रिया दिनुहोस्