Logo

यतीद्वारा प्लाष्टिक कप विस्थापन



काठमाडौं, मंसिर १ ।  यती एयरलाइन्सले आफ्ना सबै जहाजमा प्लाष्टिकका कप प्रयोग नगर्ने भएको छ । एयरलाइन्सले यात्रुलाई पानी तथा अन्य पेय पदार्थ दिन प्रयोग भइरहेको प्लास्टिक कप विस्थापन गर्ने घोषणा गरेको छ ।
अबदेखि प्लास्टिकको सट्टा पेपर कागज कप प्रयोगमा ल्याइने कम्पनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । वातावरण संरक्षण र कार्वन उत्सर्जनमा कमी आउने कम्पनीको भनाइ छ । पेपर कपको उद्घाट गर्दै संयुक्त राष्ट्र संघ विकास नियोग युनएनडिपीका आवासीय प्रतिनिधि आइसियानी लेबेले वातावरण संरक्षणका लागि यती एअरलाइन्सले सकारात्मक प्रयास गरेको बताएका छनु ,
यती नेपालमा कार्बन न्युट्रल अभियान शुरुवात गर्ने पहिलो वायु सेवा कम्पनी हो । पेपर कपसँगै यती एअरलाइन्सले थप दुई विद्युतीय कार प्रयोगमा ल्याएको छ । यतीले सहस्राब्दी दीगो विकास लक्ष्य पूरा गर्न युएनडिपिसँग सहकार्य गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्