Logo

महिला हुत्याउने डोजर चालक जेलमा



काठमाडौं, ०२ मंसिर । डोजरले महिला हुत्याएको अभियोग लागेका चालक किशोर बोहरा पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायधीस ईश्वरी प्रसाद भण्डारीको एकल इजलासले बोहरालाई थुनामा पठाउन आदेश दिएको हो । डोजरधनी भनि जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशी जनही ५० हजार रूपैया धरौती तिरेर रिया भएका छन् ।
दशरथचन्द नगरपालिका–९ ग्याल्लेकमा कार्तिक ४ गते सडक निर्माणका क्रममा स्थानीय गौरी जोशीकालाई डोजरले ह्त्याएको थियो । सडक निर्माण गर्ने र रोक्ने पक्षबीच झडप भएको थियो । प्रहरीले त्यही दिन चालक बोहरालाई प्रक्राउ गरेको थियो । डोजरधनी जोशी लगायत कार्तिक ६ गते पक्राउ परेका थिए । घटनामा घाइते भएकी जोशीको उपचार कोहलपुरपछि भारतमा गरिएको थियो ।
अन्नपूर्ण पोष्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्