Logo

मेडिकल शिक्षाका नीति नियमनमा समस्या



काठमाडौँ, मङ्सिर २ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले मेडिकल शिक्षालाई सुधार गर्न सरकार, विश्वविद्यालय र मेडिकल कलेजबीच समन्वय आवश्यक रहेको बताउनुभयो । ‘गोरखापत्र संवाद’मा आइतबार उपकुलपति डा. बाँस्कोटाले मेडिकल शिक्षामा भएका नीतिनियम र नियमनमा समस्या रहेको भन्दै ऐन, नियममा शुल्क तोक्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
मेडिकल कलेजलाई सिट दिने, नदिने विषयमा अख्तियारको हस्तक्षेप व्यहोर्नुपरेको स्मरण गर्दै उहाँले अख्तियार, अदालतजस्ता संवैधानिक वैधानिक निक(ायको हस्तक्षेप भएको बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले मेडिकल शिक्षालाई गुणस्तरीय बनाउन काम सुरु गरिसकेको भन्दै आयोग नयाँ भएकाले एकैचोटि सबै काम सम्भव
नहुने बताउनुभयो ।
काठमाडौँ मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. चन्दा कार्कीले सरकारका कतिपय कार्यले मेडिकल कलेजलाई अन्योल सिर्जना गरेको बताउनुभयो ।
गोरखापत्र राष्ट्रिय दैनिकबाट



प्रतिक्रिया दिनुहोस्