Logo

नेपाली भूमिबाट सेना फिर्ता लैजानुस्: ओली



काठमाडौं, मंसिर २ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि मिचेर बसेको सेना फिर्ता लैजान छिमेकी मुलुकलाई आग्रह गरेका छन्  । भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक क्षेत्रलाई आफ्नो भूमिमा देखाएपछि तीव्र विरोध भइरहेको छ  ।

यही सन्दर्भमा ओलीले आइतबार पहिलोपटक सार्वजनिक कार्यक्रमबाटै नेपालको अतिक्रमित भूमिबाट सेना हटाउन आग्रह
गरेका हुन् ।‘हाम्रो सरकारले एक इन्च जमिन मिच्न दिँदैन, हामीलाई अरूको जमिन पनि चाहिँदैन,’ नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रममा उनले भने, ‘हाम्रो जमिनबाट हाम्रा छिमेकीहरूले सेना फिर्ता लैजानुस् ।’

प्रधानमन्त्री ओलीले यो विषयमा राष्ट्रिय सहमति कायम गर्नका लागि सर्वदलीय बैठक आयोजना गरिसकेका छन् । उक्त बैठकमा सबै राजनीतिक दलले भारतसँग कुरा गरेर भूमि फिर्ता गराउन सरकारलाई सुझाव दिएका थिए ।

भूमि फिर्ता गराउन सरकारको गम्भीर पहल आवश्यक रहेको भन्दै सर्वत्र माग भइरहेका बेला ओलीले भूमि फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् । आजको कान्तीपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्