Logo

त्रिविमा बढुवा विवाद



काठमाडौं, मंसिर २ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले बढुवाको सिफारिस गरेको ७ महिना बित्दा पनि रजिस्ट्रार डिल्लीराम उप्रेतीले नियुक्ति पत्र पाएका छैनन्।

आयोगले उप्रेतीलाई गत चैतमा प्राध्यापकमा बढुवा सिफारिस गरेको थियो। तर अनुभवीलाई पाखा लगाएर कनिष्ठलाई बढुवा गरेको दाबीसहित त्रिविकै पुनरावेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उजुरी परेपछि उप्रेतीसहित १८ जना प्राध्यापक र सह–प्राध्यापकको नियुक्ति रोकिएको छ।

पुनरावेदन आयोगले त्रिविमा प्राध्यापक तथा कर्मचारी छनोट गर्दा अनियमितता भएको विषयमा छानबिन गर्छ। यो त्रिविको स्वायत्त निकाय हो। तर आयोग एक वर्षदेखि अध्यक्षविहिन छ।

अध्यक्ष नहुँदा उजुरीमाथि अध्ययन हुन सकेको छैन। आयोगको अध्यक्ष त्रिवि सिनेटले तोक्नुपर्छ।अन्नपूर्ण पोस्टमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्