Logo

मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा ओलीलाई



काठमाडौं, मंसिर २ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा विगत लामो समयदेखि छलफल चलिरहेको छ ।

नेकपाका अध्यक्षद्वय ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलका साथै शीर्ष नेताका बीचमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा विगत केही दिनदेखि गम्भीर छलफलसमेत हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्