Logo

पूर्वराजाको डान्समा कमल थापाको कमेन्ट



काठमाडौं, मंसिर २ । पूर्वराजा ज्ञानेन्द्र शाहले डान्स गरेको भिडियो सामाजिक सञ्जालमा हजारौ पटक हेरिएको छ । ठमेलस्थित लर्ड अफ ड्रिक्समा आइतबार रातीको उक्त रमाइलोलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पनि आफ्नो टिवटरमा राख्दै परिकल्पना गरेको राजासहितको लोकतन्त्रको उपमा रहेको धारणा राखेका छन् ।

जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक– राजसंस्था ।’ थापाको पोस्टमा उल्लेख छ । उक्त भिडियोमा रातो र चन्द्र सूर्य, जंगि निशाना हाम्रो सहितको गितमा पूर्व राजासहित हिमानीले पनि डान्स गरेको देख्न सकिन्छ । करिव एक घण्टा क्लबमा बिताएका पूर्व राजपरिवारले कोमल र पासरका छोरा भने क्लबमा देखिएनन् ।



प्रतिक्रिया दिनुहोस्