Logo

तेस्रो बैंकिङ एक्स्पो-२०१९ सुरु (फोटोफिचर)



गभर्नर भन्छन् : बैंकिङबारे अझैपनि चेतनास्तर वृद्धि हुन सकेन
काठमाडौं, २ मंसिर । काठमाडौंमा तेस्रो बैंकिङ एक्स्पो २०१९ हिजोबाट सुरु भएको छ । उक्त एक्स्पोको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्धघाटन गरेका हुन् । उनले बैंकिङ विषयबारे अझै पनि चेतनास्तर वृद्धि हुन नसकेको बताए ।

 गर्भनर नेपालले मानिसहरुमा अझै पनि नोटबारे आवश्यक जानकारी नहुँदा उचित किसिमले सुरक्षा र उपयोग समेत गर्न नसकिएको बताएका हुन । यस्तो एक्सपोले जनचेतना बढाउन भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कायम मुकायम अध्यक्ष परिष्ठनाथ पौडेलले धितोपत्र बोर्डले अब सबै बिमा कम्पनीहरुले आफैले सामुहिक लगानी कोष राख्न पाउने गरि नियमावली बनाइसकेको जानकारी दिए ।

भित्रि कारोबार निरुत्साहित गर्न समेत बोर्डले काम गरिरहेको उनले उल्लेख गरे । नेपाल बैंकर्स एसोसियसनका सदस्य अशोक शेरचनले पछिल्लो समय ह्याकिङको समस्या बढ्दो रहनु चिन्ताको विषय रहेको र यसका लागि ग्राहकहरु पनि उत्तिकै सचेत हुनुपर्ने बताए । बैंक, बिमा र पुँजी बजारकोे बारेमा जानकारी दिने उद्देश्यले दुई दिने एक्स्पो गरिएको हो ।

तस्विर :मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्