Logo

नयाँ स्पिरिटका साथ काम गर्न मन्त्रिमण्डल पुर्नगठन-सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार



काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिमण्डल पुर्नगठन हुने खुलाएका छन् । पत्रकारिताबाट राजनीतिमा पाइला राखेका थापासँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
नेपाल सरकारले कुटनीतिक तवरबाट भारतसँग कसरी वार्ता गर्दै छ ?
कालापानी, लिपुलेक र लिम्पियाधुरामा जसरी नक्साको विषयलाई विवादमा ल्याइएको छ । यसबारेमा प्रधानमन्त्रीको आग्रहमा सिंगो देशले राष्ट्रिय अडान बनाएको थियो । त्यस अभिव्यक्तिलाई प्रस्तुत गरेको हो । प्रधानमन्त्रीले भनेजस्तै त्यो नेपालको भूमि जहाँ भारतीय सेनाहरु बसेका छन्, त्यहाँबाट फिर्ता गराउने कुरा नेपाली जनता, नेपालका सम्पूर्ण राजनीतिक दलहरु र सरकारका साझा एजन्डा हुन् । यसलाई सरकारले राजनीतिक, कुटनीतिकलगायत सबै पक्षबाट पहल गरिछाड्छ भनेर उहाँले दृढता व्यक्त गर्नुभएको हो ।
कालापानीबाट भारतीय सेना फिर्ता गराउन प्रधानमन्त्री सफल हुनुहोला ?
यसमा प्रधानमन्त्री मात्रै होइन, आफ्नो भूमिमा अरु देशले अतिक्रमण गर्ने, सेना राखेर थिमिचो गरेकोमा सिंगो राष्ट्रकै चासोको विषय हो । सम्पूर्ण नेपाली जनता, राजनीतिक दल र सरकारलेको बलमा उच्चस्तरीय राजनीतिक र कुटनीतिक पहलमा यो विवादलाई टुंग्याउने प्रधानमन्त्रीको दृढता हो । त्यहाँ सेना रहने नरहने ठूलो कुरा होइन, यसलाई हल गर्ने कुटनीतिक वार्ता, संवाद गर्नु मूल विषय हो । यसको नेतृत्व सरकारको तर्पmबाट प्रधानमन्त्रीले गर्नुहुन्छ ।
नेपालका प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्ने गृहकार्य भएको छ ?
अहिले आन्तरिक रुपमा मात्रै गृहकार्यहरु भइरहेका छन् । यसमा त्योसँग सम्बन्धित तथ्यहरुलाई एकीकृत गर्ने, वार्ता र संवादलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमै केन्द्रित रहेर कामहरु भइरहेका छन् । सबै प्रक्रियाहरु अगाडि बढाइसकेपछि समकक्षीसँग वार्ता गर्नुपरेपनि आपूm तयार रहेको प्रधानमन्त्रीले बताउनुभएको छ । यो कुरा उहाँले सर्वपक्षीय बैठकमै पनि भन्नुभएको हो । हाम्रो भूमिमा बिनासन्धि, सम्झौता, बिनाप्रमाण भारतीय फौज बसेको छ । त्यसलाई हाम्रो असल छिमेकी भारतले आफ्नो सेना फिर्ता गरेर छिमेकीसँग कुनै मनोमालिन्य राख्ने छैन । विशाल शक्तिशाली मुलुकलाई जसरी सीमा विवादको आरोप लागेको त्यसलाई सच्याउने काम गरी नेपालसँगको छिमेकीपनलाई कायमै राख्ने छ, भन्ने लाग्छ । भारतीसँगको सम्बन्धलाई कायमै राखेर समस्या समाधान गर्न प्रधानमन्त्री दृढ हुनुहुन्छ ।
त्यसोभए दुई प्रधानमन्त्रीबीच वार्ता हुन्छ ?
यसबारेमा प्रधानमन्त्रीले सबै तथ्य, प्रमाणका आधारमा कुटनीति तबरबाट वार्ता थाल्ने भनिरहनुभएको छ । परराष्ट्रका संयन्त्रहरुबाट पनि काम अगाडि बढ्छ । त्यसपछि राजनीतिक दतबाट गर्नुपर्यो भने प्रधानमन्त्रीतहबाट यो विषय अगाडि बढ्छ ।
भारत र चीन दुवैले नेपाली भूमि मिचेका छन्, तर सरकार चीनको बारेमा किन बोल्दैन ?
भारतले सीमा मिचेको विषयमा देखिनेगरी प्रमाणहरु बाहिर आएका छन् । जस्तो सीमाका जंगे पिलर सारेकोदेखि कालापानी क्षेत्रमा भारतीय सेनानै ल्याएर राख्नुलगायतका थुप्रै जनजनले देखिरहेका प्रमाणहरु फेलापरेका छन् । चीनसँग त्यो अलि देखिँदैन । सगरमाथाको विषयमा माओसँग विवाद थियो । तत्कालीन चीनका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री वीपी कोइराला बसेर उत्तरी पानीढलो चीनको, दक्षिणी पानीढलो नेपालको चुचुरो साझा भनेर टुंग्याएको पाइन्छ । त्यसयता देखिनेगरी सीमाको बारेमा चीनसँग विवाद भएको पाइँदैन । चीनद्वारा जारी विज्ञप्तिमा पनि नेपाल–चीनबीच सीमा समस्या त छैन भनिएको छ ।
चीनले आफ्ना कुरा विज्ञप्तिमा भन्यो, तर उत्तरी भूभाग मिचिएको स्थानीयको गुनोसो छ नि ?
नेपालले तथ्य र प्रमाणसहित सीमा मिचिएको कुरा चीनसँग दावी ग¥यो भने समाधान नहुने कुरा छैन । हाम्रो दावी वस्तुनिष्ठ ढंगले प्रस्तुत हुनुपर्छ । नेपाली जनताले पनि त्यसबारेमा प्रमाणसहित थाहा पाउनुपर्छ । अहिले कालापानीमा समस्या आयो अनि पहिला सगरमाथामा पनि विवाद थियो भनेर हिजो र आजका कुरा ल्याएर समस्यालाई ओझेमा पार्र्न पाइँदैन । जुन विषयमा जहाँ, जतिबेला, जोसँग समस्या देखिन्छ, त्यसलाई उही स्थान, विषय, समय र व्यक्तिसँग टुंग्याउनुपर्छ । अहिले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तामा समस्या देखिएको छ । त्यसलाई समाधान गर्ने हो । हामीले सुगौली सन्धिपछि प्राप्त साधसिमाना कायम गर्ने हो । छिमेकीसँग भएको उच्च सम्बन्धलाई कायम राख्दै देखिएका विवादहरु पारस्पारिक रुपमा समाधान गर्नुपर्छ । एकआपसमा समस्या राखेर सम्बन्ध सुमधुर हुन सक्दैन ।
आज मन्त्रिमण्डल फेरबदल हुनसक्छ ?
आजै हुनुपर्छ भनेर म भन्न सक्दिँन । तर, दुई वर्षको अनुभवले यो स्थितिसम्म ल्याइपुर्याएको छ । त्यसलाई अझ नयाँ स्पिरिटकासाथ नयाँ ढंगले अगाडि बढ्न मन्त्रिमण्डल केही हेरफेर गरेर अगाडि बढ्न खोजेको छ । त्यसले विगतका केही कमीकमजोरीहरुलाई हटाएर व्यस्थिति र परिणाममुखी ढंगले अगाडि बढ्ने प्रधानमन्त्रीको प्रयास रहेको छ ।
निर्वाचन भएको दुई वर्षमा प्रधानमन्त्री मन्त्रिमण्डल फेरबदलमा लाग्नुभयो हो ?
सरकार बनेको दुई वर्ष पुगेको छैन । मन्त्रिमण्डल गठनको विषयलाई हिजोको जस्तो आज बन्ने फेरि भोलि ढल्ने ढंगले चर्चा गर्नुहुँदैन । यो सरकार स्थायित्वलाई मूर्तरुप दिनका निम्ति बनेको हो । यो स्थिर, बलियो र दुईतिहाई बहुमतको सरकार हो । धेरै पहिलादेखि मिडियामा मन्त्रिमण्डल पुनर्गठन हुँदैछ भनेर समाचार आउँदा पनि अहिलेसम्म हेरफेर भएको छैन । अहिले धेरै चर्चा चलेको यसलाई मूर्तरुप दिने काम प्रधानमन्त्रीको अधिकार हो । आवश्यकता अनुसार हेरफेर गर्न सक्नुहुन्छ ।
हेरफेर कति दिनभित्र होला ?
अहिले नै यसलाई दिन, मिति, समय, घण्टा नतोकौं । मुख्य कुरा एउटा अवधि नाघिसकेपछि त्यसलाई अझ नयाँ ढंगले व्यवस्थित र परिणामुखी बनाउने कुरा हो । यसलाई प्रधानमन्त्रीले विभिन्न तहसँग छलफल र परामर्शहरु गरिसकेपछि अनुकूल समयमा गर्नुहुन्छ ।
हिजो सम्पत्ति शुद्धिकरणले तीनवटा मेडिकल कलेजमा छापा मारेको छ, यो प्रक्रिया अगाडि जान्छ ?
कानुनको बरखिलाप गरी कुनै पनि व्यक्ति, संस्था वा अन्य क्षेत्रमा हुने अनियमिततालाई कारबाहीको दायरामा ल्याइने छ । दोषीउपर कारबाही गर्दा निर्दोषी कोही पनि नपर्ने ढंगले सरकारले कारबाहीको प्रक्रिया अगाडि बएको छ । मेडिकल क्षेत्रमा पनि त्यस्ता अनियमितता गर्नेप्रति राज्यले छोड्दैन भन्ने थालनी हो ।
अमेरिका लगेर प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गर्ने सम्भावना कति छ ?
आजभन्दा १३ वर्ष अगाडि प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण गरिएको कुरा सबैलाई थाहा छ । अहिले आएर उहाँको स्वास्थ्यलाई लिएर जति चर्चा गरिएका छन्, त्यो अतिरञ्जनाको पाटो हो । प्रधानमन्त्रीभन्दा सञ्चारकर्मीहरु बढी बिरामी हुनुपर्ने हो, त्यस्तो नहोस् भन्न चाहन्छु । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या छन्, त्यसको पछिपनि सिंगापुर गएर उपचार गर्नुभएको हो । तर, प्रधानमन्त्री आज बिरामी हुनुभएको होइन । उहाँ रोगसँग प्रतिरोध गर्दै आउनुभएको छ । अहिले नै उहाँका चिकित्सकहरुसँ कुन देशमा गएर उपचार गर्ने भनेर छलफल भएको छैन । अहिलेसम्म ग्राण्डी अस्पत्तालमै नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ । त्यस्ताखालका सल्ला र परामर्शहरु हुन्छन्, तर अहिलेनै अमेरिका जाने कि कहाँ जाने, गएर मृगौला फेरिहाल्ने भन्ने काम बढाइसकिएको छैन ।
हिजो प्रधानमन्त्री र भारतीय क्रिकेट खेलाडीबीच के के कुरा भयो ?
प्रधानमन्त्रीसँग भएको त्यो भेटघाट युनिसेफको सद्भावना दूतका रुपमा आउनुभएको हो । बालअधिकार, सुरक्षा, नागरपालिकाको विकासलगायतका क्षेत्रमा य्ुनिसेफले गरेका काम व्यवस्थस्थित रुपमा अगाडि बढाउने कामको प्रचारप्रसारको सद्भावना दूत नियुक्त हुनुभएको हो । त्यसक्रममा भारतीय क्रिकेट खेलाडी सचिन र रमेश तेन्दुलकर आउनुभएको थियो । उहाँहरुले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना पनि गर्नुभयो । प्रधानमन्त्री सोध्नुभएको थियो, उहाँ पहिलोपटक नेपाल आउनुभएको रहेछ । त्यो नितान्त सिस्टाचार भेट थियो । आफ्नो सद्भावना दूत जिम्मेवारी पूरा गर्न नेपाल आएर उहाँले क्रिकेट पनि खेल्नुभयो । त्यो निकै महत्वपूर्ण र सिस्टाचार भेटघाटको रुपमा भएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्