Logo

बामनलाई बलीले नजारान्द गरेपछि…



एक समय गुरु शुक्रचार्यले राजा बलीबाट १०० यज्ञ गराउने अनुष्ठान गरे । उनको १०० यज्ञ पूर्ण भएमा राजा बली अनन्तकालका लागि इन्द्र पदमा आशिन हुन पाउँछन् । स्वर्गका सबै देवताहरु बर्चस्व पनि उनकै हुने ऋषिमुनिहरु बताउँछन् । त्यसपछि तीनै लोकमा असुरोका एक छत्र राज्य हुने बली बताउँछन् । सृष्टिको यस समस्याबाट बचाउनका लागि देवताहरुले भगवानसँग प्राथना गर्छन् । उनको पुकार सुनेर भगवान श्री हरिले ब्रामणका रुपमा धर्तीमा अवतार लिए । त्यस समय राजा बली सयौँ यज्ञको संकल्प गर्न लागेका थिए । त्यहीँ समय भगवान ब्राह्मण बटुकको रुपमा दान माग्नका लागि बलीको यज्ञशालामा पुगे । ऋषिले यज्ञ गर्ने साइत वित्न लागेको बताउँछन् तर बली ढोकामा एक भिक्षु असन्तुष्ट भएर जान्छ यज्ञ कसरी पूरा हुन्छ भन्ने प्रश्न ऋषिलाई गर्छन् र भिक्षु भएको ठाउँमा गएर जे माग्नको इच्छा छ सो माग म दिन तयार छु भन्छन् ।

भिक्षु रुपी श्री हरिले एक उद्देश्य दिएर आएको कुरा बलीलाई बताउँछन् । तिमी तिनै लोकमा तिमीले दिन नसक्ने त्यस्तो बस्तु केही छैन । तर पनि शास्त्रका अनुसार विद्धान बामनले आफुलाई जे आवश्यक छ त्यो मात्र स्वीकार गर्नुपर्छ । हाम्रो यज्ञशालाको लागि थोरै जमिन आवश्यकता छ । तिमी कृपा गरी त्यो भूमी देउ जुन म आफ्नो पाउले तीन पटक नाप्न सकु त्यसपछि म सन्तुष्ट हुनेछु बामनले भने ।

त्यो कुरा सुनेर बली हास्दै भन्न थाले म तीन लोकको एक मात्र अधिपति हुँ । म तिमीलाई सप्तद्धिप प्रदान गर्न सक्छु । मसँग यति कुरा माग कि जीवनमा अरु कसैसँग दोस्रो पटक माग्न नपरोस् । मेरो सामथ्र्य अनुसार माग तिम्रो मनोकामना पूर्ण हुनेछ ।
संसारमा सबैको मनोकामना कसको पूरा हुन्छ र राजन । मानिस जति पाउँछ उसको लोभ त्यत्ति नै बढ्दै जान्छ । तिमीसँग सारा धर्ती छ त्यसले तिम्रो मनोकामना तृप्त भएको छैन । अब तिमीलाई स्वर्गको अधिपति हुने लोभ छ । लोभ लालच जति बढायो त्यत्ति नै बढ्दै जान्छ । त्यसकारण म तिम्रो दानवीरताको सम्मान गर्दै आफ्ना लागि केबल तीन पाउँ धर्ती माग्छु भिक्षुरुपी श्री हरिले भने ।

त्यसपछि बलीले जति तिम्रो इच्छा छ त्यत्ति लिन भने । श्री हरिले मन्त्र अनुसार दानको संकल्प गर्न भन्छन् । बलीले मन्त्रको विधि सुरु गर्न लाग्दा ऋषिले रोक्छन् र भिक्षुको रुपमा भगवान विष्णु भएको कुरा बताउँछन् । बलीलाई यसो नगर्न भन्छन् । यदि गरेमा अशोमा यज्ञको फल छलका साथ बामनले लैजाने कुरा स्पष्ट पार्छन् ।
कुनै अपरिचत भिक्षुको मनोकामना पूरा गर्दा यदि दुर्गति भोग्छ भने त्यो पनि सौभाग्यको कुरा हो । यदि यो सत्य हो भने स्वंयम अबिनाशि भगवान विष्णु एक भिक्षुकको रुपमा मेरो यज्ञशालामा आए मेरो लागि यो भाग्यको कुरा हो । ऋषिको कुरामा माफि माग्दै धर्ती दान गर्ने यदि नगरेमा पूर्वजको किर्ती समेत अपवित्र हुने निर्णयमा पुग्छन् बली ।

ऋषिले आज्ञाको अपमान गरेको भन्दै उनले धन सम्पत्ति सबै नाश होस् भनेर श्राप दिन्छन् ।  बलीले ऋषिको श्राप स्वीकार गर्छन् तर पनि आफ्नो बचनबाट नहार्ने कुरा बताउँछन् । श्री विष्णुको मन्त्र जप गर्दै संकल्पका साथ तीन पाउँ जमिन दान गरी भिक्षुरुपी श्री हरि विष्णुलाई तीन पाउँ जमिन नापेर लिन आग्रह गर्छन् ।

श्री विष्णुले एक पाइलामा पृथ्वी र दोस्रो पाइलामा स्वर्गलोक नापे । आफ्नो बचन पूरा गरेर देखाउनका लागि बलीले आफ्नो शिरमा पाउँ राख्न भन्छन् । त्यसपछि विष्णुले आफ्नो रुप दर्शन दिदै भने बली तिमी साच्चैमा दृढ प्रतिज्ञ हौँ । म तिमीसँग प्रसन्न भए । गुरु श्राप र मेरो मायाबाट पनि डराएनौँ । सबै कुरा हारेर पनि तिमीले आफ्नो बचन पूरा ग¥यौ । म तिमीलाई यस्तो ठाउँ दिन्छु कि जुन ठूलाठूला देवताले पाउनका लागि पनि कठिन छ । श्रावणे मनमन्त्रमा तिमी मेरो परमभक्त इन्द्रको पद प्राप्त हुनेछ । त्यसबेलासम्म तिमी सुतल लोकमा आफ्ना दाजु महाराज पह्लादको साथमा आनन्द पूर्वक निवास गर्नु । त्यहाँ तिमीले मलाई सदासर्वदा सधै साथमा देख्नेछौँ भन्ने आशिर्वाद दिएका थिए ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्