Logo

यसरी भयो शिवको निलो कण्ठ



सत्य युगमा देवता र दैत्यहरु मिली अमृतका लागि समुन्द्र मन्थन गरिरहेका थिए । समुन्द्र मन्थनमा ‘मन्दरा पर्वत’लाई मदनीको रूपमा प्रयोग गरियो भने ‘बासुकी नाग’ लाई पर्वत घुमाउने डोरीको रूपमा प्रयोग गरियो । मन्थनको लागि दानवहरूले बासुकी नागको शिरपट्टी बसे र देवताहरू पुच्छर तर्फ बसे । बासुकीको मुखबाट निस्केको विषले दानवहरूको मृत्यु भयो ।

त्यसपछि देवता र दानवहरू मिलेर बासुकीको शरीरलाई अगाडि पछाडि गर्न थाले, जसले मन्दरा पर्वत घुम्न थाल्यो । समुन्द्रमा पर्वत डुब्दै गरेपछि, विष्णुले कछुवा ‘कुर्मा’को रूप धारण गरी आफ्नो ढाडमा पहाडलाई अड्याए । समुन्द्र मन्थनमा अमृतका साथसाथ विष पनि निस्कियो ।

अमृतलाई भगवान विष्णुले सुन्दर स्त्रीको रूप धारण गरी लगे । पृथ्वीमा विष बाँकी रह्यो त्यसको एक थोपाले पृथ्वीमा ठूलो हानी पुग्ने भयो । बिष श्रृष्टिको लागि विनाशकारी सावित भयो ।

त्यसपछि सबै देवताले भगवान शिवलाई विष धारण गर्न आग्रह गरे, किनभने भगवान शिवले मात्र विषलाई पचाउन सक्थे । सबै देवताको अनुरोध र संसारको कल्याणका लागि भगवान शिव विष पिउन तयार भए ।

शिव भगवानले विष पिउने वित्तिकै उनको गलालाई शिव पत्नी पार्वतीले समातिन् । विष भगवान शिवको शरीर भित्र पस्न पाएन । त्यसपछि विष भगवान शिवको घाँटीमा अड्कियो । विष घाँटीमा अड्किएपछि शिवको घाँटी निलो भयो । जसका कारण शिव भगवानलाई नीलकण्ठ भन्ने गरेको धार्मिक मान्यता रहेको छ ।

-धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्