Logo

शिल्पा पोखरेलमाथि रेखा थापाको व्यङ्ग्य



काठमाडौं, २ मंसिर । नायिका रेखा थापा निर्देशक छविराज ओझासँग एक दशकभन्दा लामो वैवाहिक सम्बन्धमा बाँधिएर अलग भइन् । रेखा छविको जीवनमा आएकी तेस्रो पत्नी थिइन् ।

रेखासँग छविको खटपट हुनुमा नायिका शिल्पा पोखरेल पनि हुन् । अहिलेकी चलेकी नायिका शिल्पा रेखा जस्तै देखिन्छिन् । उनको मुहार मात्र नभई अभिनय पनि रेखाको जस्तै छ ।

शिल्पा आफू जस्तै बन्न खोजेको र आफ्नो स्थान लिन खोजेको भन्दै रेखा असन्तुष्ट छिन् । उनले हालैमात्र फेसबुकमा शिल्पातर्फ व्यङ्ग्य शब्द पोखिन् । उनले लेखेकी छिन्, ‘आफू जस्तो आफू हुन समय लाग्दैन, मान्छे अरु जस्तो हुन खोजेर पो दुःख पाउँछन् ।’

छविसँग विवाह गरेपछि शिल्पा अप्ठ्यारोमा छिन् । उनीमाथि बहुविवाहको मुद्दा छ । प्रहरीले खोजेपछि फरारको सूचीमा समेत परिन् । यसले उनको करिअरमा समेत समस्या पर्यो । छविसँगको झगडापछि उनको व्यक्गित जीवनको धेरै पाटा बाहिर आए । Photo File



प्रतिक्रिया दिनुहोस्