Logo

बिल गेट्स फेरि संसारको सबैभन्दा धनी (सूचिसहित)



काठमाडौं, २ मंसिर । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । १ सय १० अर्ब अमेरिकी डलरका साथ गेट्स संसारकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् ।

ब्लुमवर्ग पत्रिकाका अनुसार उनी सन् २०१७ पछि फेरि सबैभन्दा धनीको सूचीमा परेका हुन् । सन् २०१७ मै अमेजनका मालिक जेफ बेजोसले गेट्ससँग यो स्थान खोसेका थिए । यसवर्ष भने बेजोसले दोस्रो स्थानमै चित्त बुझाउनु परेको छ । उनीसँग १ सय ९ अर्ब अमेरिकी डलर अर्थात् १ सय २४ खर्ब २६ अर्ब रुपैयाँ सम्पति रहेको छ ।

तेस्रा धनी भने फ्रान्सको एलबीउमएच कम्पनीका मालिक बर्नार्ड अरनाल्ट बनेका छन् । उनीसँग १ सय ३ अर्ब अमेरिकी डलर छ । ८६ अर्बसहित वारेन बफेट चौथो स्थानमा रहँदा फेसबुकका सिइओ मार्क जुकरबर्ग ७५ दशमलव ५ अर्ब डलर सहित पाँचौ स्थानमा छन् ।

माइक्रोसफ्टको शेयर पछिल्लो समय बढ्नु र अमेजनको घट्नुको परिणाम धनीहरुको सूचीमा पनि परेको हो । अमेजनका मालिक बेजोसले यसै वर्ष श्रीमतीसँग सम्बन्ध विच्छेद गरेकाले पनि त्यसको असर कम्पनीको शेयर मूल्यमा परेको बताइएको छ । उनले २५ प्रतिशत सम्पत्ति श्रीमतीलाई दिएर सम्बन्ध तोडेका थिए ।

संसारकै धनीको सूचीमा रहेका बिल गेट्स दानीमा पनि हुन् । उनले संसारको स्वास्थ्य सुधारका लागि सन् १९९४ देखि बिल एन्ड मिडिला गेट्स फाउन्डेशन मार्फत दान गर्दै आएका छन् । फाउण्डेशनमार्फत् उनीहरुहरुले ३५ अर्ब डलरभन्दा बढी दान गरिसकेको बताइन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्