Logo

अक्षयको नयाँ फिल्म गुड न्यूजको ट्रेलर सार्वजनिक



बलिउडका सुपरस्टार अक्षय कुमारको नयाँ फिल्म गुड न्यूजको ट्रेलर सोमवार मुम्बईमा लन्च भएको छ ।  फिल्म कमेडीमा आधारित रहेको छ । राज मेहेताद्धारा निर्देशित कमेडी फिल्ममा अक्षयको साथमा करिना, कायरा र दिलजीत पनि पर्दामा देखिने भएका छन् ।

फिल्ममा अक्षयको साथ करिनाले दिनेछिन् भने दिलजीतले कायरा सित स्क्रिन सेयर गर्नेछन् । अक्षय र करिना करिब दस वर्ष पछि एक साथ देखिने छन् । यसअघि दूबै जनाले एतराज, अजनवी, टशन, कमबक्त इस्कमा एकसाथ खेलेका थिए । यो फिल्म करण जोहरको धर्मा प्रोडक्शन र अक्षय कुमारको केप अफ गुड फिल्मको संयूक्त साझेदारीमा निर्माण भएको हो । फिल्म  २७ डिसेम्बर २०१९ मा रिलिज हुनेछ । Photo Source : The Indian Express

 



प्रतिक्रिया दिनुहोस्