Logo

बिल गेट्स पुनः प्रथम स्थानमा



ब्लूमवर्ग अरबपति सुचांकले सार्वजनिक गरेको सूचिमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स विश्व धनिको सूचिमा पुनः प्रथम स्थानमा आएका छन् । उनले जेफ वेजोसलाई पछ्याउँदै उक्त स्थान हासिल गरेका हुन् । करिब दूई वर्ष पछि उनले प्रथम स्थान प्राप्त गर्न सफल भएका हुन् ।

माइक्रोसफ्टको सेयर यो वष ४८ प्रतिशतले वृद्धि भएको कारण बिल गेट्स पुनः प्रथम स्थानमा आउन सफल भएका हुन् । माइक्रोसफ्टले यसपालि एमेजोनलाई करिब दस बिलिअन डलरले पछ्याएका छन् । एमेजोनका मालिक जेफ बेजोसले आफ्नो पत्नी मेकेन्जी बेजोससित सम्बन्धबिच्छेद भएको कारण केहि सेयर दिनुपरेको हुँदा उनी सुचिमा दोस्रो स्थानमा आएका हुन् । Photo Source : Time



प्रतिक्रिया दिनुहोस्