Logo

मंगल ग्रहमा अक्सिजन भएको नासाको अनुमान



नासाले मंगल ग्रहमा अक्सिजन भएको अनुमान गरेको छ । नासाले पठाएको रोभरद्धारा आएको जानकारीमा अक्सिजन भएको जनाइएको छ । मंगल ग्रहमा मौसम अनुसार अक्सिजनको तह परिवर्तन हुने गर्छ । अक्सिजनले मंगल ग्रर्हमा रहस्यमय तरिकाले भूमिका खेल्ने अनुमान विज्ञहरुले गरेका छन् । वसन्त र गर्मीको मौसममा अक्सिजनको तह करिब ३० प्रतिशतले बढ्ने गर्छ ।

मंगल ग्रहमा हुने विशिष्ट प्रक्रियाको कारण यसले अक्सिजन निर्माण गर्ने गर्छ । मंगल ग्रहमा अक्सिजनले अपेक्ष अनुसार काम नगरेको समेत विज्ञले जनाएको छन् । त्यसैगरी उक्त सतहमा नाइट्रोजन र आर्गनको मात्रा पनि पाइएकोछ । मंगल ग्रहका विज्ञहरुले रातो ग्रहमा अक्सिजनका स्तरमा भएको वृद्धि र गिरावटलाई बुझउने प्रयास गरिरहेका छन् ।

वायूमण्डलको बिच्छेद हुँदा कार्वन डाइअक्साइड र पानीबाट केहि मात्रामा अक्सिजनको निमार्ण भएको विज्ञहरुले जनाएका छन् । अत्याधिक मात्रामा अक्सिजन निर्माण गर्न मंगल ग्रहमा अहिले भएको पानी भन्दा पाँच गुणा बढी पानी हुनु पर्ने विज्ञहरुले जनाएका छन् । प्रत्येक मौसममा अक्सिजनको मात्रा नदेखेको हुँदा विज्ञहरुले यस बारेमा अनुसन्धान  गरिरहेको बताएका छन् । Photo Source: The Indian Express



प्रतिक्रिया दिनुहोस्