Logo

तानाजी फिल्ममा काजोलको पहिलो लूक सार्वजनिक(भिडियोसहित)



अजय देवगन र सैफ अलि खानको नयाँ फिल्म तानाजीले एक पछि अर्को लूकहरु सार्वजनिक गर्दैआएको छ ।  फिल्मले रिलिज हुनु भन्दा अगाडी निकै चर्चा बटुलेको छ । त्यसैगरी फिल्ममा सावीत्रीवाईको भूमिकामा  आउँदै कालजोलको पहिलो लूक सार्वजनिक भएको छ ।  लूकमा काजोल आक्रामक देखिएकी छिन् । अजय देवगन र काजोल दूबै जनाले आफ्नो इन्स्टाग्राम मार्फत काजोलको पहिलो लूक सार्वजनिक गरेका छन् ।

फिल्म १० जनवरी २०२० मा रिलिज हुनेछ । लूक सार्वजनिक भएको कारण फ्यानहरुमा क्रेज पनि बढ्दै गएको छ । यस फिल्मको ट्रेलर सोमवार सार्वजनिक हुनेछ ।  एक्सन फिल्मले राम्रो प्रर्दशन गर्ने कुरा  देवगनले जनाएका छन् । अजय देवगन र काजोल लामो समय पछि एकसाथ स्क्रिन सेयर गर्नेछन् ।

 

 



प्रतिक्रिया दिनुहोस्