Logo

दिल्लीको बढ्दो वायू प्रदूषणले काठमाण्डौँमा प्रभाव पार्ने



दिल्लीको बढ्दो वायू प्रदूषणले दिल्लीवासी र अन्य शहरहरुमा जोखिम बढेको छ । दिल्लीको शैक्षिक संस्थान र सरकारी कार्यलयहरु प्रभावित भएका छन् । बढ्दो वायू प्रदूषणले नेपालमा अत्याधिक मात्रामा प्रभाव पर्न सक्ने भएको छ ।

हालै चन्डीगढमा आयोजित ग्लोबल कानून समारोहमा नेपालका न्यायधिश आनन्द मोहनले यो कुराको उल्लेख गरेका छन् । उनले बढ्दो वायू प्रदूषणले विशेष गरी काठमाण्डौँमा प्रभाव पार्न सक्ने बताए ।  उनले वायू प्रदूषणलाई छिट्टै नियन्त्रण गर्नुपर्ने समेत बताएका थिए । त्यसैगरी भारतीय न्यायधिश अजय तिवारीका अनुसार नेपाल र भारतले संयूक्त रुपमा काम गरेमा वायू प्रदूषणमा नियन्त्रण गर्नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस्