Logo

लाल सिंह चड्ढाको पहिलो पोस्टर सार्वजनिक



बलिउडका सुपरस्टार आमिर खानले सोमवार आफ्नो नयाँ फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेका छन् । उनले पोस्टर ट्वीटर मार्फत सेयर गरेका हुन् । उनी फिल्ममा सरदारको भूमिकामा देखिनेछन् । पहिलो पटक आमिर खानले सरदारको लूकमा देखा पर्नेछन् ।

तस्बीरमा उनको नयाँ लूकले फ्यानलाई आर्कषित गरेको छ । यो फिल्म अंग्रजी फिल्म फोरेस्ट गमपको हिन्दी रिमेक हो । आमिर खानले आफ्नो ५४ औँ जन्मदिनको अबसरमा उक्त फिल्म गर्ने घोषणा गरेका थिए ।  फिल्ममा नाइका करिना कपूर खान पनि देखिने छिन् । एक साथ दूबै जनाको जोडी एकदम लोकप्रिय रहेको छ । फिल्म अद्वैत चौहानद्धारा निर्देशित छ । फिल्म किस्मस २०२० मा रिलिज हुने छ । Photo Source: The Indian Express

 

 



प्रतिक्रिया दिनुहोस्