Logo

वायू सेनाको हवाई मार्च हेर्दै किम जोंग



उत्तर कोरियाली नेता किम जोंग उनले उत्तर कोरियाली वायू सेनाको हवाई मार्चलाई निरिक्षण गरेका छन् । तीन दिनमा दुई पटक सेनाद्धारा माँर्च भएको संचार कर्मीले जनाएका छन् । संयूक्त राज्य अमेरिका र दक्षिण कोरियाको संयूक्त रुपमा हुने हवाई माँर्च रद्द भएको थियो । उक्त कुराको जवाफमा स्वयम किम जोंगको निरिक्षणमा उत्तर कोरियाली वायू सेनाले हवाई माँर्च गरेका थिए ।

अमेरिका र दक्षिण कोरियाले शान्ति प्रक्रियालाई बढावा दिन आफ्नो संयूक्त हवाई माँर्च रद्द गरेका थिए । सेनाको एयर र एन्टि एयरक्राफ्ट फोर्सका शाार्पशूटरहरुको सोमवार किमले  निरिक्षण गरेका थिए । किमका अनुसार सूचना बिना उत्तर कोरियाली वायू सेनाको हवाई  माँर्च आवश्यक रहेको बताए । उनले एयर र एन्टी एयरक्राफ्ट फोर्सका कमाण्डिंग अफिसरहरुको उडान प्रतियोगिता रोमान्चक तरिकाले हेरेको अन्तराष्ट्रिय संचारकर्मीले जनाएका छन् ।

तस्बीरमा वायू सेनाको टोली किम सित बसेको देख्न सकिन्छ । यसको साथ संयूक्त राज्य अमेरिकाका राष्ट्रिपति डोनाल्ड ट्रम्पले किम जाेंगलाई आणविक समझौताको प्रत्रियालाई छिट्टै समाधान गर्न ट्वीटर मार्फत आग्रह गरेका छन् । Photo Source : Aljazeera



प्रतिक्रिया दिनुहोस्