काठमाडौं, २ मंसिर । विश्वकप फुटबल छनोटको यसअघि अवे खेलमा नेपाल कुवेतसँग ७-० ले पराजित भएपनि अबको खेलमा कडा चुनौती दिने तयारीमा छ । नेपाली टोलीका कप्तान किरण कुमार लिम्बूले कुवेतविरुद्ध कडा चुनौती बन्ने दृढता व्यक्त गरेका छन् ।
खेलको अघिल्लो दिन सोमबार थिम्पूमा आयोजित पत्रकार सम्मेलनमा लिम्बूले भने, ‘हामी भुटानलाई कडा चुनौती दिनेगरी तयार छौं ।’
नेपाली प्रशिक्षक कालिनले खेल आफूहरुका लागि निकै महत्वपूर्ण रहेको भन्दै कडा संघर्ष गर्ने बताएका छन् । खेलाडीहरु उच्च मनोबलका साथ भुटान आइपुगेको बताए ।
कुवेतका प्रशिक्षक थमेरइनाडले आफूहरुले राम्रो प्रदर्शन गरी तीन अंक जोड्ने बताए । उनले भने, ‘नेपाललाई हल्का रुपमा लिएका छैनौ किनभने नेपाल कमजोर टोली होइन ।’ भुटानको वातावरण नेपाली खेलाडीको अनुकूल रहेको समेत बताए । नेपाल र भुटानमा उस्तै मौसम रहेको उनको भनाई थियो । Photo Source: ANFA




प्रतिक्रिया