Logo

सरकारमा टासिइँरहँदैनौं-रामसहायक यादव, महासचिव, समाजवादी पार्टी



काठमाडौं, २ मंसिर । समाजवादी पार्टीका महासचिव रामसहायक यादवले पार्टीको सरकारमा सहभागिता कुन समयसम्म रहनेबारे खुलाएका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः
तपाईंको पार्टीमा डा. बाबुराम भट्टराई अल्पमतमा पर्नुभयो होइन ?
हाम्रो पार्टीमा कोही अल्पमतमा परेको छैन ।
उपेन्द्र यादवले जे भन्यो त्यही भएको छ, त्यसलाई कसरी सर्वसम्मत भन्नुहुन्छ ?
सबै निर्णयहरु सर्वसम्मत गरिएको छ । त्यसैले अल्पमत, बहुमतमा कोही परेको छैन ।
बाबुराम भट्टराईले सरकारबाट बाहिरनुपर्छ भन्ने कुरा त लागु भएन नि ?
सधैं सरकारमा टाँसिइराख्ने होइन, बाहिरनको लागि केन्द्रीय कमिटीले निर्णय गर्ने भन्ने निर्णय भएको छ ।
तपाईको पार्टी सरकारबाट बाहिरिन्छ ?
पहिला भएका सहमतिलाई टेकेर सरकारको नेतृत्वसँग वार्ता गर्ने । त्यो सहमतिमा जसरी आवश्यकता अनुसार संविधान संसोधन गर्ने भनिएको थियो । त्यो सहमति कार्यान्वयन भएन भने सरकारबाट हामी बाहिरिन्छौं ।
त्यो त तपाईंहरु सरकारमा गएकोदेखि नै भनिरहनुभएको छ तर अहिलेसम्म भएन नि ?
संसोधन हुने सम्भावना छ । सरकारले भनिरहेको छ, ‘आवश्यकता र औचित्यको आधारमा संशोधन गर्नुपर्छ’ भनेर । ‘संविधान भनेको संसोधनीय दस्तावेज हो’ भनेर सबैले भनिरहेको कुरा हो । यो सबैले स्वीकार गरिसकेको कुरा हो, त्यसैले संसोधन हुनुपर्छ । त्यसबारे हाम्रो पार्टीको संघीय र केन्द्रीय परिषद्ले निर्णय गरिसकेको छ । यसलाई प्रक्रियामा अगाडि बढाउँछौं ।
यदि संविधान संसोधन भएन भने तपाईंहरु के गर्नुहुन्छ ?
हामीले पहिला पनि भनिसकेका छौं, ‘बहिगमनको लागि केन्द्रले निर्णय गर्ने’ भनेर । त्यसैको आधारमा हामी सरकारबाट बाहिरिन्छौं ।
त्यसो भए सरकारबाट बाहिरिनुहुन्छ ?
हामीले भनिसकेका छौं, ‘पहिलाको सहमतिअनुसार सरकारले संविधान संसोधन गरेन भने सरकारमा टाँसिएर नबस्ने’ भनेर । यसको लागि हामीले पार्टीको बैठकमा स्पष्ट भनिसकेका छौं ।
राजपासँग पार्टी एकीकरण प्रक्रिया रोकिएको हो ?
हाम्रो पार्टी राजपासँगको एकीकरण प्रक्रिया सशक्त रुपमा अगाडि बढेको छ । जबसम्म तार्किक निष्कर्षमा पुग्दैन, तबसम्म कुनै पनि दलसँग एकीकरणको सम्भवै हुँदैन ।
तर, राजपाले एकीकरण गर्न सरकारबाट बाहिरिनुपर्छ भनेको छ नि ?
अहिले नै सरकारमा बसिरहने कि बाहिरिने भन्ने एकिन भएको छैन । मुख्य कुरा पहिला पार्टी एकता गर्ने । त्यसपछि त्यो एकीकृत पार्टीले जे निर्णय गर्दछ, त्यस अनुसार अगाडि बढ्ने हो ।
समाजवादी पार्टी राजपासँग एकीकरण हुने सम्भावना छ त ?
नीति, मुद्दा र विचार मिल्नेहरुसँग पार्टी एकीकरण गरेर अगाडि जाने भनेर हामीले पहिला नै भनिसकेका छौं । चुनावमा पनि मुद्दा मिल्नेसँग मोर्चा बनाएर अगाडि जान सकिन्छ । त्यसकारण राजपासँग हाम्रो नीति, विचार र मुद्दाहरु मिलेका छन् । त्यसको एकता प्रक्रिया अगाडि बढेको छ । त्यहाँ नेताहरुको व्यवस्थापनको कुराहरु पनि भइरहेका छन् । त्यसको लागि पार्टीको केन्द्री परिषद्मा कुरा भइसकेको छ । अब वार्ताको लागि घनीभूत ढंगले अगाडि बढाउनेमा छौं । त्यो वार्ताबाट पार्टी एकीकरणलाई कसरी तार्किक निष्कर्षमा पु¥याउन सकिन्छ भन्नेमा व्यापक छलफल र परामर्श भइरहेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्