Logo

मौसम र वातावरणको समानताका कारण नेपालले रोज्यो भुटानको मैदान



काठमाडौं, २ मंसिर । कुवेतविरुद्ध भुटानको चाङलिमिथाङ फुटबल मैदानमा उत्रनु ठिक एक दिन अघि गरिएको पत्रकार सम्मेलनमा कुवेतका प्रशिक्षक थमेरइनाडले मौसम र वातावरणको विषय उठाए । उनले नेपाल र भुटानको मौसम समान रहेकाले नेपाललाई कमजोर नआँकेको बताए ।

कुवेती प्रशिक्षकको भनाईले नेपालले भुटानको मैदान होम ग्राउन्डको विकल्पमा प्रयोग गर्न चाहनुमा वातावरण प्रमुख कारण हो । काठमाडौं र थिम्पुको मौसम मिल्दोजुल्दो छ । भूगोल पनि मिल्दोजुल्दो छ । त्यसैले नेपालले भुटानमा खेल्न चाह्यो ।

दशरथ रँगशालाको पुननिर्माण अझै पूरा भएको छैन । एशियाली फुटबल महासंघले दशरथ रँगशालालाई चित्त नबुझाएपछि नेपालले होम ग्राउन्डको विकल्पका थिम्पुस्थित फुटबल मैदान चुनेको हो ।

नेपाली टोलीले कुबेतविरुद्ध मङ्गलबार विश्वकप छनोटको एशिया प्यासिफिक क्षेत्रको दोस्रो चरण अन्र्तगत पाचौं खेल खेल्न लागेको हो । यसअघि नेपालले खेलेको चार खेलमा एक जीत र तीनमा हार व्यहोरिसकेको छ । Photo Source: ANFA



प्रतिक्रिया दिनुहोस्