Logo

खानेपानीमन्त्री विना मगरको ममतामयी काखमा यी दुई बालक



काठमाडौं, २ मंसिर । खानेपानीमन्त्री विना मगरले पति प्रकाश दाहाल गुमाएको दुई वर्ष बितिसकेको छ । यसबीच उनले राजनीतिक उचाई बनाएपनि छोराहरुको जिम्मेवारी सम्हालेकी छिन् ।

विना सानो छोरालाई साथै लिएर मन्त्रालय समेत गइन् । उनले प्रकाश दाहालको जेठा छोरालाई पनि निकै स्नेहभाव देखाइन् । यसपटक प्रकाशका जेठा छोरा प्रसिद्ध दाहाललाई जन्मदिनको शुभकामना दिदै विनाले तस्बिर फेसबुकमा पोष्ट गरेकी छिन् । प्रशिद्ध प्रकाश दाहाल र सृजना त्रिपाठीका छोरा हुन् । तर, उनी खुमलटारमा हजुरबाबु हजुरआमासँगै बस्छन् । सृजना प्रचण्डनिवासबाट टाढिएको वर्षौ भइसकेको छ । सृजनासँग सम्बन्ध विच्छेद नहुँदै प्रकाशले विना मगरलाई भित्राएका थिए ।

विनाले प्रशिद्धप्रति निकै प्रेम गर्ने गरेको बुझिएको छ । विनाले दुवै छोरा खेलेको तस्बिर पनि पोष्ट गरेकी छिन् । जसमध्ये कान्छा विनातर्फका छोरा हुन् । Photo Source: FB



प्रतिक्रिया दिनुहोस्