Logo

उपप्रधानमन्त्री उपेन्द्र यादव भारतमा



काठमाडौं, २ मंसिर । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विश्व औषधि उत्पादनसम्बन्धी सम्मेलनमा सहभागी हुन आज भारततर्फ प्रस्थान गरेका छन् । औषधि उत्पादनसम्बन्धी कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री यादव आज भारतको नयाँ दिल्ली पुगेको उनका स्वकीय सचिव महेश चौरासियाले राससलाई जानकारी दिए ।

दक्षिण एशियाका स्वास्थ्यमन्त्रीहरुको सहभागिता रहने उक्त सम्मेलनले विश्व औषधि उत्पादनको पछिल्लो अवस्था र सन् २०३० सम्म औषधि उत्पादनलाई गुणस्तरीय र प्रभावकारी बनाउन अवलम्बन गरिने आगामी रणनीति तय गर्ने बताइएको छ । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादव तीन दिन भारतमा रहनेछन् । उनी आगामी मङ्सिर ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्