Logo

गतिलिँदै दैलेखको पेट्रोलियम अन्वेषण, एकै पटकमा चार सर्वे



काठमाडौँ, ३ मंसिर । दैलेखकोे श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण गर्न दैलेख पुगेको चिनियाँ प्राबिधिक टोलीलेले चार प्रकारका फरक सर्वे एकैपटक गर्ने भएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्बेषणका लागि गर्नुपर्ने चारवटा सर्भे एक पटक गर्न लागिएको हो ।
खानी तथा भूर्गभ बिभागका भूर्गविद दिनेश त्रिपाठीका अनुसार चीनको प्राबिधिक टोलीले अन्बेषणका लागि पहिलो चरणमा गर्नुपर्ने चार सर्वे एक पटक सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार भू–सतहभित्र पेट्रोलियम पदार्थ भएकाले पहिलो चरण त्यसको सेस्मिक सर्वेको काम सँगै अन्य तीन वटा सर्वे एकैसाथ सुरु भएको जानकारी दिए ।
उहाँले पेट्रोलियम पदार्थको अन्बेषणका लागि चार सर्वे अनिवार्य हुन्छ । पहिलो साइस्मिक सर्भेको काम हो जो सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसले जमिन मुनिको सतह पत्ता लगाउने र नक्सा निर्माण गर्ने गर्छ । कुन कुन भागमा पेट्रोलियम पदार्थ छ । त्यसका लागि भौगोलिक अबस्था के छ भनेर पत्ता लगाउने काम प्राबिधिक टोलीले अन्तिम चरणमा पु¥याएको छ । अन्य तीनवटा मध्ये जिओलोजिकल सर्भे, भू–भौतिक सर्बे र जिओकेमिकल सर्भेका काम पनि एकै पटक सुरु गरिएको बताए ।
चीनबाट आएको प्राबिधिक टोलीले पहिलो पटक गरेको सर्बेक्षणमा पेट्रोलियम पादार्थको परिमाण पत्ता लाग्ने र त्यसको उत्खनन् गर्दा कुन भागबाट गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्ने पछि थप काम अगाडि बढ्ने जनाइएको छ । अन्बेषणको काम भनेको सम्बेदनशील कामभएकाले खोज तथा अनुसन्धानका बिभिन्न प्रक्रिया सुरक्षित रुपमा राख्नु पर्ने भएका कारण पनि चाइनाको प्राबिधिक टोलीले दैलेखको दुई स्थानमा बेसक्याम्प निर्माण गर्ने भएको छ ।
दैलेखको डुगेश्वर गाउँपालिकाको वडा नं. १ बेलपाटाको चुप्रामा बेसक्याम्प निर्माण भएको दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पतालको आडमा बेसक्याम्प निर्माण गर्ने कार्य सुरु भएको जिल्ला प्रशसन कार्यालय दैलेखले जानकारी दिएको छ । अन्बेषणको सहजताका लागि सुरक्षा जिम्मेवारी लिएको जिल्ला प्रशासन कार्यालय दैलेखले अन्बेषणका लागि आवश्यक पर्ने सुरक्षा रणनीति तयार गरि कार्यान्वयन गरिरहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।
उनले दैलेखको पेटो«लियम पदार्थको अन्बेषण नेपालको महत्वपूर्ण आयोजना भएका कारण सुरक्षा ब्यबस्था मजबुत राखिएको बताए । अहिले पेट्रोलियम पदार्थ भएको स्थानभन्दा २० किलोमिटर क्षेत्र वरपरको सर्भे भएको छ । पछि बिस्फोटक पदार्थ पड्काएर अन्बेषण गरिने हुदाँ त्यसप्रति सुरक्षानिकायले बिशेष चासो राखेको उनले बताए ।
चीनको प्राबिधिकसहित बिभिन्न मुलुकमा पेट्रोलिम पदार्थ अन्बेषणमा काम गरेका १७ जना कामदार जिल्लामा ल्याएको छ भने ७० जना कामदार दैलेखबाट राखिएको छ । अन्बेषणका लागि भोजपुरबाट समेत बिदेशमा अन्बेषणमा काम गरेका कामदारहरूले अहिले दैलेखमा अन्य कामदारहरुलाई काम सिकाइरहेका छन् । धनुसाका बिन्देश्वर शाहाले ड्रिलिङ गर्ने बिस्फोट गर्ने जस्ता काम बिदेशमा समेत गरेकाले यहाँका कामदारलाई काम सिकाइरहेको बताए ।

गोरखापत्र राष्ट्रिय दैनिकबाट



प्रतिक्रिया दिनुहोस्