Logo

मेडिकल कलेजमा शंकास्पद लगानी



काडमाडौँ, ३ मंसिर । प्रधानमन्त्री कार्यालयमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले केही समयअघि निजी मेडिकल कलेजमा छापा पा¥यो । निजी मेडिकल कलेजमाथि विद्यार्थीसँग तोकिए भन्दा बढी शुल्क लिएर ठगी गरेको आरोप लागेपटि छापा मारिएको थियो । उक्त केन्द्र लगायत अन्य निकायले निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी भएको ठहरसहितको प्रतिवेदन तयार पारेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले केही मेडिकल कलेजमाथि छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । उक्त विभाग ती कलेजमा भएको लगानी नै शंकास्पद देखिएको बताएको छ ।
विभागका एक अनुसन्धान अधिकृतका अनुसार नेपालमा सञ्चालनमा रहेका मेडिकल कलेजहरू मध्ये आधाजसो कलेजमा रहेको लगानीको स्रोत नै शंकास्पद छ । विभागले त्यस किसिमको शंका उत्पन्न भएपछि त्यस्ता कलेजहरूलाई प्राथमिकतामा राखेर छापा मारेको हो ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्